Meta को Ad किन Reject हुन्छ? - हरेक Nepali Advertiser ले जान्नु पर्ने Rules
Meta ले तपाईंको ad किन reject गर्छ? Prohibited र restricted content को फरक बुझ्नुहोस् र ad लाई reject हुनबाट बचाउनुहोस्।
You spend hours brainstorming ideas for your Facebook ad, create that perfect ad copy, pay for the design, set up your audience, review everything, and finally hit that “Publish” button.
But Meta rejects the ad. The worst part? - कहिलेकाहीँ Meta ले कारण पनि राम्रोसँग बताउँदैन।
Nepal मा धेरै advertisers यही frustration बाट गुज्रिइरहेका छन्। कहिले campaign delay हुन्छ त कहिले पूरै account नै restrict हुन्छ। तर अधिकांश rejection randomly हुँदैन। Meta को defined set of advertising standards छ, र त्यो violate भयो भने बल्ल ad reject हुने हो।
यो blog त्यही standards को plain language summary हो। यसलाई तपाईंले checklist को रूपमा प्रयोग गरेर आफ्नो ad लाई rejection बाट बचाउन सक्नुहुन्छ।
Meta ले Ad कसरी Review गर्छ?
एउटा-दुईटा ad reject हुनु normal हो र सबैलाई हुन्छ। तर एउटै concept को अलग-अलग version बारम्बार reject भइरहेको छ भने, तपाईंको ad को core idea नै Meta policy को against मा छ कि भन्ने कुरा check गर्न जरुरी हुन्छ।
जब तपाईंले ad campaign मा "Publish" click गर्नुहुन्छ Meta को automated review system ले तपाईंको ads ma यी कुराहरू check गर्छ:
- Ad copy (text)
- Creative (image वा video)
- Landing page (तपाईंले link गरेको website)
- Account history (तपाईंको past violations)
यदि सबै ठिक भए ad approve हुन्छ, तर एउटा पनि violation भेटियो भने Meta ले ad reject गर्छ।
Prohibited vs Restricted Ad Content - यो Difference जान्न एक्दमै जरुरी छ
Meta ले ad content लाई दुई category मा राख्छ। यी दुईको फरक नबुझ्नु नै advertisersहरूका सबैभन्दा common mistake हो।
I. Prohibited Content - कुनै पनि हालतमा allowed नभएको Ad Content
तपाईंले ad copy जति राम्रो लेखे पनि, image जति नै मिलाए पनि, यदि तपाईंको ad prohibited content को category मा पर्यो भने कहिल्यै approve हुँदैन।
Meta ले यी areas मा कुनै पनि ad allow गर्दैन:
- Exploitation and abuse: Child exploitation, human trafficking, या sexual solicitation promote वा facilitate गर्ने content.
- Harmful activities: Crime को promotion, violence glorifying content, dangerous organizations सँग association, या disturbing imagery.
- Hate or discrimination: कुनै पनि race, religion, gender, nationality, disability, या sexual orientation against hate speech, harassment, वा bullying गर्ने content. जात-भेद वा ethnic targeting पनि यसमा पर्छ।
- Deceptive practices: Misinformation, fake testimonials, scam offers ("यो product ले 100% cancer निको पार्छ" जस्ता claims), वा vaccine discouragement.
- Illegal products and services: Nepal को local law अनुसार illegal भएको कुनै पनि product वा service, जस्तै unlicensed pharmaceutical sales वा banned substances.
- Privacy violations: Surveillance tools, data scraping services, वा personal data बेच्ने services। साथै, कुनै पनि ad ले user को personal characteristics assume गर्ने content.
- Intellectual property infringement: अर्को brand को logo, trademark, वा copyrighted material बिना permission use गर्न पाइँदैन। Nepal मा e-commerce sellers ले Samsung, Nike जस्ता brand को official images permission बिना ad मा use गर्दा ad reject हुन्छ।
- Self-harm, suicide, and eating disorders: Self-harm promote वा glorify गर्ने कुनै पनि content, चाहे awareness को नाममा भए पनि include गर्न पाइँदैन।
II. Restricted Content - Rules Follow गरे Allowed छ
यी Meta ads को "grey areas" हुन् जहाँ expert advertisers पनि अड्किन्छन्। एसमा ad content नै banned हुने हुँदैन, तर specific conditions चाही पूरा गर्नुपर्छ।
जस्तै :
- proper age mention or targeting गर्ने,
- add disclosure, ad category राख्ने,
- Local law or Meta policy अनुसार comply गर्ने
- Meta बाट written permission लिने, या अन्य केहि अरु
Age-restricted products:
- Alcohol, hazardous materials, tobacco and related products, weapons, ammunition or explosives, drugs and pharmaceuticals.
- यी सबैको advertise गर्न सकिन्छ, तर age targeting भने गर्नैपर्छ।
For example, you can run an ad on a tobacco brand, but targeting the 18+ age group is mandatory.

Health and financial services:
- Health and wellness, addiction treatment, financial products, insurance, and cryptocurrency.
- यी categories मा false claims strictly prohibited छन्।
For example, जब तपाईंले loan company को ad run गर्नुहुन्छ, "guaranteed approval" जस्ता false claims राख्न पाइँदैन।
Sensitive or regulated industries:
- Dating ads, historical artifacts, sale of human body parts and bodily fluids, sale of non-endangered animals and endangered species, online gambling, and games
- यी सबैमा Meta को permission र age restriction दुवै चाहिन्छ।
Special Ad Categories - धेरैले छुटाउने कुरा
यदि तपाईंको ad housing, employment, credit/loans, या social/political issues सँग related छ भने, तपाईंले Meta मा Special Ad Category select गर्नुपर्छ। यो select नगरे ad reject हुनसक्छ।
- Real estate company ले property को ad चलाउँदा "Housing" category select गर्नुपर्छ।
- Job portal ले vacancy post गर्दा "Employment" category select गर्नुपर्छ।
- Microfinance company ले loan ad चलाउँदा "Credit" category select गर्नुपर्छ।

यो option Campaign level मा Ad Set create गर्दा देखिन्छ।
Political and Social Issue Ads
Nepal मा election season मा political ads चलाउनु छ भने Meta को authorization process पूरा गर्नुपर्छ र "Paid for by" disclaimer mandatory हुन्छ। Social issues (जस्तै environment, civil rights) को ads मा पनि यही rule लागू हुन्छ।
Personal Attributes - Most Common Mistakes of Advertisers
Meta ले ad मा personal characteristics assume गर्दा पनि ad reject गरिदिन्छ। जस्तै health condition, financial situation, religion, race, या sexual orientation.
यो rule health clinics, financial services, education providers, र religious organizations सबैमा apply हुन्छ। तेतिबेला तपाईंले audience लाई directly address गर्नुको सट्टा, product/service को बारेमा बोल्नुपर्छ।
Example 1:
Are you a diabetic looking for professional help in Kathmandu? - Rejected
Want to manage blood sugar? Our clinic offers a specialized plan for diabetes. - Approved
Example 2:
के तपाईंले पैसा कमाउन सक्नुभएको छैन ? - Rejected
Smart budgeting tips for everyday expenses. - Approved
Creative and Landing Page मा हुने Silent Mistakes
तपाईंको ad ले illegal कुरा promote नगरे पनि, यी mistakes ले ad लाई reject गराउँछ:
Before/After Images
Nepal मा skin clinics, weight loss products, र fitness brands ले commonly before/after photos use गर्छन्। Meta ले यो strictly prohibit गर्छ, results real भए पनि।
For Example:
Rejected Ad: Skin treatment अघि र पछि को photo side by side
Approved Ad: Treatment process को बारेमा text-based explanation with clinic photos
Nudity and Explicit Content
Ad मा Partial nudity हुँदा पनि ad reject हुन सक्छ, even in a health or fitness context. त्यसैले Ad creative मा body parts excessively showcase गर्नु avoid गर्नुपर्छ।
Violent or Graphic Content
Graphic images, even for awareness campaigns मा graphic content voilent भयो भने पनि ad reject हुन्छन्। Message convey गर्न तपाईंले सभ्य visuals use गर्नुहोस्।
Landing Page Mismatch
यो rejection cause बुझ्न important छ, किनकी Meta ले तपाईंको ad मात्र होइन, तपाईंले link गरेको page पनि review गर्छ।
- तपाईंको ad मा "50% off on shoes" भन्छ तर landing page मा त्यो offer छैन भने
- Landing page mobile मा load हुँदैन भने
- Landing page मा pop-ups ले content ढाक्छ भने
तपाईंको ad reject हुन्छ।
Ad Reject भयो वा Account Disable भयो भने के गर्ने?
Ad reject भयो भने Meta को policy अनुसार ad edit गर्नुहोस् वा नयाँ ad create गर्नुहोस्। Resubmit गर्दा यो नयाँ ad को रूपमा review हुन्छ।
Account restrict/disable भयो भने Account Quality page मार्फत तपाईंले appeal submit गर्नसक्नु हुन्छ। Appeal submit गरेपछि Meta ले review गर्छ, तर सबै appeal accept हुन्छ भन्ने हुँदैन। यदि appeal reject भयो भने, policy बुझेर नयाँ ad बनाउनु नै best approach हो।
Ad reject हुनु र account restrict हुनु फरक कुरा हो। एउटा ad reject हुँदा सामान्यतया account मा असर पर्दैन। तर बारम्बार violations, or rejected ad नै फेरि submit गर्नेगर्दा account-level action हुन सक्छ।
Final Words - Ad Submit गर्नु अघि यी कुरा check गर्नुहोस् (A Quick Checklist)
To ensure that your ad has not violated any of Meta’s standard policies, तपाईंको ad publish गर्नु अघि यी कुरा check गर्नुहोस्:
1. Ad Copy Check: के तपाईंको ad मा health, income, या financial claims छन्? "Guaranteed," "100% cure," "risk-free" जस्ता words हटाउनुहोस् वा soften गर्नुहोस्।
2. Personal Attributes Check: के तपाईंको ad ले reader को health, religion, financial status, या identity directly reference गर्छ?
Rejection example: "के तपाईं diabetic हुनुहुन्छ?"
Product/service को बोल्नु सही तरिका हो, audience को बारेमा होइन।
3. Special Ad Category Check: के तपाईंको ad housing, employment, credit/loans, या social/political issues सँग related छ? Related छ भने Meta मा Special Ad Category select गर्नुहोस्।
4. Landing Page Check: के तपाईंको landing page mobile मा smoothly load हुन्छ? के ad को offer र landing page को offer match छ?
5. Age Restriction Check: के तपाईंको product age-restricted छ (alcohol, tobacco, gambling, pharmaceuticals)? Targeting मा age gate set गर्नुहोस्।
जब तपाईं prohibited content भन्दा टाढा बस्नुहुन्छ, restricted content का rules follow गर्नुहुन्छ, र silent mistakes (personal attributes, before/after images, landing page mismatch) मा ध्यान दिनुहुन्छ, ad reject हुने chances एक्दमै कम हुन्छ।
Rules थाहा भएपछि rejection बाट डराउनै पर्दैन, बरु, यसले तपाईंलाई राम्रो ad बनाउन confidence दिन्छ।